• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

१४ वैशाख, काठमाडौं । सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय डर्बी बिचको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशाला कर्भड हलमा भएको खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पुलिसले २५–१९, १७–२५, २५–१५ र २५–१३ ले आर्मीलाई पराजित गरेको हो ।

राउन्ड रोबिन अन्तर्गत भएको प्रतियोगितामा यस जितसँगै पुलिस ३ खेलमा ६ अंकसहित फाइनल प्रवेश गरेको हो ।

आजको दोस्रो खेल एपिएफ क्लब र चन्द्रागिरी न्युडाइमण्ड क्लबबिच हुनेछ । यस खेलको विजेताले फाइनलमा उपाधीका लागि पुलिससँग भेट गर्नेछ ।

यस प्रतियोगिताको फाइनल शनिबार दशरथ रंगशाला कर्भड हलमा हुनेछ । प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार पाउनेछ । दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

Adblock test (Why?)